अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित

Thankot Times

थानकोट ।

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ ।

संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट अनुमोदन गरेको हो ।

अष्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता अर्यालको पृष्ठभूमिका समस्या देखिएपछि सरकारले यादवको नाम सिफारिस गरेको थियो ।

यादवले अष्ट्रेलियामा राजदूतका रूपमा काम गर्दा नेपाली विद्यार्थीहरूलाई समन्वयन गर्ने, नेपाली व्यवसायीका समस्या सम्बोधनको प्रयास गर्ने, अस्ट्रेलियालीहरूलाई नेपालमा पर्यटकका रूपमा पठाउन प्रयास गर्ने, क्रिकेट खेलमैत्री वातावरण निर्माणको प्रयास गर्ने र अस्ट्रेलियाबाट हुने लगानी वृद्धिका लागि पहल गर्ने बताएकी थिइन् ।

तस्बिरः दी राइजिङ नेपाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *