एसिसी महिला टि-२० च्याम्पियनसिपः भुटान विरूद्ध नेपाल पहिले ब्याटिङमा (लाइभ हेर्नुहोस्)
थानकोट ।
मलेसियामा शुक्रबार सुरू भएको एसिसी महिला टि२० च्याम्पियनसिपमा अहिले नेपालले भुटानविरुद्ध खेलिरहेको छ । कमजोर सुरुवात गरेको नेपालले ताजा अवस्थामा १६ ओभरको खेल जारी रहँदा नेपालले ५ विकेट गुमाउँदै ७५ रन बनाएको छ । युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ओभरमा पाँच ओभरमा तीन विकेट गुमाउँदै १५ रन बनाएको थियो ।
नेपाल र भुटानबीच महिला टि२० आईमा एक खेल भएको छ । गत पुषमा आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले हराएको थियो ।
नेपालको प्लेइङ ११ :
अश्मिना कर्माचार्य, विन्दु रावल, ज्योति पाण्डे, कविता कुँवर, इन्दु बर्मा, डली भट्ट काजोल श्रेष्ठ, ममता चौधरी, रुविना क्षेत्री, संगिता राई र सीता रानामगर ।















