राप्रपा अध्यक्षसहित नेताहरू कर्णाली यात्रामा

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू कर्णाली प्रदेश यात्रामा निस्केका छन्।

कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न भन्दै उनीहरू कर्णाली यात्रामा निस्केका हुन्।

मंगलबारदेखि उनीहरू कात्तिक ११ गतेसम्म कर्णालीका विभिन्न ठाउँमा पुग्नेछन्।

सल्यानको सल्लीबजार, कालिकोटको मान्म, सुर्खेतको बाबियाचौर, जुम्लाको गोठीजिउला, दैलेखको दुल्लु र मुगुको गमगढीमा अध्यक्ष लिङ्देनसहित नेताहरू पुग्ने कार्यक्रम छ।

अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती शाही, सांसद ज्ञानेन्द्र शाही कर्णाली यात्रामा निस्केका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *