राप्रपाको केन्द्रीय समिति बैठक स्थगित
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले असार ७, ८ र ९ गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
काठमाडौंमा हुने भनिएको बैठक विशेष कारणवश स्थगित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बैठकको अर्को मिति भने राप्रपाले तोकेको छैन्।












