नागढुङ्गामा मसाल जुलुस, प्रहरीद्धारा हस्तक्षेप
थानकोट ।
नेकपा माओवादी केन्द्र पार्टीनिकटको भातृ संगठन अखिल क्रान्तिकारीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा चोकमा मसाल जुलुस निकालेको छ ।
भ्रष्टाचार र बेथितिका विरुद्धमा निकालिएको सो मसाल जुलुसका क्रममा सहभागीहरूले विभिन्न नारा लगाएका थिए ।
करिब २० जना सहभागी भएको सो जुलुस प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ।
जुलुसमा सहभागीहरूले नालायक सरकार मुर्दावाद, अखिल क्रन्तिकारि जिन्दावाद, भ्रष्टाचारी होसियार लगायतका नारा लगाएका थिए ।
अहिले नागढुङ्गा क्षेत्रको अवस्थामा सामान्य छ ।












