साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल २-१ ले स्तब्ध
थानकोट।
साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
बुधबार साँझ हजाराैं दर्शकमाझ खेलाइएको फाइनल खेलमा नेपाललाई २-१ ले स्तब्ध बनाउँदै बंगलादेश लगातार दोश्रो पटक च्याम्पियन बनेको हो ।
बङ्लादेशलाई लगातार दोश्रो पटक प्रतियोगिताको उपाधि दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तीनै गोल दोस्रो हाफमा भएको हो ।
यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बाङ्लादेशले ३-१ ले हराएको थियो ।
नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो ।














