हङकङ सिक्सेसः नेपालले आज प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने

Thankot Times

थानकोट ।

हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट लिगअन्तर्गत आज प्लेट सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको नेपालले प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने भएको थियो।

युएई बंगलादेशसँग १८ रनले पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको थियो।

खेल अहिले बिहान ८:०५ बजे सुरु हुनेछ।

प्रतियोगिताको प्लेट सेमिफाइनल र फाइनल तथा सेमीफाइनल, फाइनल खेल आज नै हुनेछन्।

अष्ट्रेलिया र पाकिस्तान तथा श्रीलंका र बंगलादेश प्रतियोगिताको सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *