कीर्तिपुरको मेयर पदमा नेपाली काँग्रेसबाट उम्मेदवार चयनमा सकस, आकांक्षीहरूको नाउँ प्रदेशमा
थानकोट ।
कीर्तिपुरको मेयर पदका लागि मंसिर १६ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार चयनमा सकस परेपछि आकांक्षीहरू सबैको नाम सिफारिस गरिएको छ ।
आकांक्षीहरू सबैको नाम बागमती प्रदेश कार्यसमितिमा पठाइएको नेपाली काँग्रेसका एक नेताले जानकारीदिए ।
सिफारिस भएका उम्मेदवारहरूको नाम भने काँग्रेसले सार्वजनिक गरिसकेको छैन्।
सम्बन्धित कार्यसमितिहरूबाट सिफारिस भई आएका नामहरूमाथि व्यापक छलफल गरेर उम्मेदवारको टुंगो लगाउने तयारीमा काँग्रेस छ।
कीर्तिपुर नगरको मेयरमा सो पार्टीका नगर सभापति कृष्णमान डंगोल, अन्य नेताहरु बद्रीलाल महर्जन, हिमाल कार्की, सरिश महर्जन, जमुना नकर्मी लगायतको नाम प्रदेशमा पठाइएको बुझिएको छ ।
कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई छ ।










