कीर्तिपुर नगरको मेयर पदमा डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने नेकपा एमालेको निर्णय

Thankot Times

थानकोट ।

१६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंग्याएको छ ।

सो पार्टीको काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।

नगर कमिटीकै निर्णयलाई सदर गर्दै बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ।

कीर्तिपुरमा राप्रपा, माओवादी केन्द्र र नेकपा एमालेले मेयर तथा २ वटा वडाकामा उम्मेदवार चयन गर्दा अन्य दलले उम्मेदवार चयन गर्न सकेका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *