मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कीर्तिपुरको निर्वाचन अधिकृतमा ईन्दिरा कार्की नियुक्त
थानकोट ।
निर्वाचन आयोगले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।
आयोगले कीर्तिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार ईन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोेकेको छ। कीर्तिपुर नगरपालिकाका मेयर, वडा नम्बर १ र ४ को वडाध्यक्ष पदमा उपचुनाव हुँदैछ।
कात्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगले जनाएको छ।
मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।










