सुनको मूल्यमा गिरावट
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ ।
आज बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ सय रुपैयाँ घटेर कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।














