सुनको मूल्यमा निरन्तर गिरावट

Thankot Times

थानकोट ।

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको मूल्यमा प्रति तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ ।

अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेकोमा आज चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *