सुनको मूल्य प्रति तोला १ सय रुपैयाँ बढ्यो
थानकोट ।
कारोबार हुने साताको छैटाैं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य वृद्धि भएको छ। आज सुन प्रति तोला एक सय रुपैयाँ बढेर कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।














