चन्द्रागिरिमा आजबाट ५ देखी ११ वर्ष सम्मका बालबालिकालाई कोरोना भाइरस विरूद्धको खोप
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा आजबाट असार १५ गतेसम्म ५ देखी ११ वर्षसम्म उमेर समुहका बालबालिकाहरूलाई कोरोना भाइरस विरूद्धको खोप दिन सुरू गरिएको छ । नगर क्षेत्र भित्रका विद्यालयमा अध्ययनरत बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
सो उमेर समुहका अन्य बालबालिकाले पायक पर्ने स्वास्थ्य संस्थाबाट फाइजर खोपको पहिलो मात्रा लगाउन सक्ने बताइएको छ ।













