नेपालमा दैनिक कोरोना संक्रमितको संख्या उकालो लाग्दै

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६पुगेको छ । बुधबार दैनिक संक्रमितको संख्या  ३१ थियो भने मंगलबार यो संख्या १९ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *