नेपाल प्रिमियर लिग क्रिकेटः कर्णालीविरुद्ध चितवन १३१ रनमा समेटियो
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजबाट १३१ रनको लक्ष्य पाएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा १३० रन बनाएपछि कर्णालीले सो चुनाैती पाएको हो ।
चितवनबाट खेलिरहेका इंग्ल्यान्डका अलराउन्डर बोपराले ४० बलमा सात चौका र एक छक्कासहित अविजित ५९ रन बनाए ।
कर्णालीका लागि जिसन मक्सूदले दुई र सोमपाल कामी, नन्दन यादवले समान एक-एक विकेट लिए ।














