नेपाल प्रिमियर लिग क्रिकेटमा कर्णाली याक्सको पहिलो जित
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा कर्णाली याक्सले पहिलो जित हात पारेको छ ।
विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलालाई ब्रेक गर्दै २ अंक जोडेको छ ।
यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।
धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।
प्रतियोगिता अन्तर्गत अहिले लुम्बिनी र पोखराबीच खेल भइरहेको छ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् ।














