नेपाल र हङकङको १९ वर्षमुनिको टोलीबीच दोस्रो एकदिवसीय खेल आज

Thankot Times

थानकोट ।

१९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् ।

मूलपानी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरू हुने छ ।

यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको थियो ।

आजको खेल जितेमा नेपालले शृङ्खला जित्नेछ ।

शृङ्खला जोगाइराख्न हङकङको टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

नेपाल र हङकङबीचको तेस्रो एकदिवसीय खेल पर्सि शुक्रवार हुनेछ ।

१९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो ।

विश्वकप एशिया छनोट आउने वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *