शुक्रबारदेखि मौसममा सुधार आउने
थानकोट ।
मनसुन सक्रिय हुँदा देशभर वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो ठाउँमा हिजोबाट हल्कादेखि भारी वर्षा भइरहेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले यो प्रक्रिया बिहीबारसम्म चल्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।
तराईका जिल्लामा केही दिन अझ बढी वर्षा हुने भएकाले डुबानको जोखिम रहने पौडेलले बताउनुभयो । बिहीबार बेलुका वा शुक्रबार बिहानदेखि भने मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उहाँले जानकारी दिनुभयो ।












