११ महिनामा १ अर्ब २३ करोडको मास्क आयात

Thankot Times

थानकोट ।

कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणउन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन ।

नेपालले चाल आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

कोरोना महामारी सुरु भएपनि नेपालमा मास्कको आयात ह्वात्तै बढेको थियो । नेपालमै पनि मास्क उत्पादन हुन थाले पनि विदेशबाट हुने मास्क आयात अपेक्षा अनुसार घटन नसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, अमेरिका, बेलायत, थाइल्यान्ड, स्वीटजरल्यान्ड लगायतका देशबाट मास्क आयात हुने गरेको छ ।

यो वर्ष ११ महिनाको अवधिमा फेस मास्क उत्पादन गर्ने २१ वटा मेसिन नेपाल भित्रिएको छ । ३ करोड २४ लाख ३६ हजार मूल्यका मेसिन आयात भएको देखिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *