सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: नेपाल एपीएफ र नेपाल पुलिस स्कुलको सहज जित

Thankot Times

थानकोट ।

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको दोश्रो दिन सोमबार भएका खेलमा नेपाल एपीएफ स्कुल बी टीम र नेपाल पुलिस स्कुलले सहज जित निकालेका छन् ।

दिनको पहिलो खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) ले राराहिल मेमोरियल स्कुल कीर्तिपुरलाई ४-१ गोल अन्तरले पराजित गएको छ ।

घरेलु टोली नेपाल एपीएफ स्कुलका लागि मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १-१ गोल गरेका थिए ।

सुवायु श्रेष्ठ खेलमा म्यान अफ दि म्याच चुनिए ।

दिनको दोश्रो खेलमा नेपाल पुलिस स्कुल, साँगाले बाघ भैरव सेकेण्डरी स्कुललाई ४-० गोल अन्तरले पराजित गरेको छ  ।

नेपाल पुलिस स्कुलका लागि रोनि विर विक्रम शाहले २, प्रिन्स पौडेलले १ गोल गरेका थिए भने बाघ भैरवले आत्मघाती गोल उपहार दियो । यस खेलमा रोनि विर विक्रम शाह म्यान अफ दी म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार लोक आदर्श एकेडेमी विरुद्ध न्यु होराइजन एकेडेमी, चन्द्रगिरि बीच दिनको पहिलो खेल हुनेछ भने दोश्रो खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुरले विरुद्ध ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुरको सामना गर्नेछ ।

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

आइतबार सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपियाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *