चन्द्रागिरिसहित बागमतीका ११९ स्थानीय सरकार प्रमुख र उपप्रमुख धुलिखेलमा भेला हुँदै

Thankot Times

थानकोट ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेशका ११९ स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुलाई राजश्व, बजेट, योजना र न्यायसम्बन्धी तालिम दिने भएको छ ।

प्रतिष्ठानले धुलिखेलस्थित हिमालयन हाउस एण्ड रिसोर्टमा राखेर आवासीय तालिम दिन लागेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले बागमती प्रदेशका ११९ वटै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको कार्यक्रममा सहभागिता हुने बताएको छ ।

सरकार मातहतको यो प्रतिष्ठानले हरेक वर्ष जनप्रतिनिधिलाई प्रशिक्षित पार्न भन्दै तारे होटल र रिसोर्टहरुमा राख्दै आएको छ ।

यसपटक पनि आगामी फागुन १ देखि ३ गतेसम्म रिसोर्टमा राखेर स्थानीय राजश्व परामर्श, बजेट तथा कार्यक्रम तर्जुमा, योजना अनुगमन तथा सुपरिवेक्षण र न्यायिक समितिसम्बन्धी प्रशिक्षण दिने भएको हो ।

सो क्रममा तीन तहका सरकारबीचको अन्तरसम्बन्धका विषयमा समेत जनप्रतिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले जानकारी दिएका छन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ