आगामी २४ घण्टाकाे माैसमी अवस्था

Thankot Times

थानकोट ।

आगामी २४ घण्टा देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक  दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले छ ।

जसका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको दैनिक बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
यस्तै आइतबार दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *