अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै, पोखराका मेयर केही दिन अस्पतालमै रहने
थानकोट ।
जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
कीर्तिपुर बर्न अस्पतालले विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने निर्णय गरिएको जनाएको छ ।
उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।
उनीसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो ।
आचार्यको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको जानकारी दिएको छ ।
संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले भेटमा रोक लगाएको छ ।
अर्को सूचना नआएसम्म भेट गर्न पूर्णरुपमा बन्द गरिएको जानकारी गराइएको छ ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विष्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए ।













