भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला
थानकोट ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा एक नेपाली छात्रा मृत भेटिएकी छन् ।
बिहीबार नेपाली विद्यार्थी कलेजको होस्टेलमा मृत फेला परेकी हुन् ।
केआईआईटीमा कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिशा शाह मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
गत फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन् ।
स्थानीय प्रहरी घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । शव पोस्टमार्टमका लागि त्यहाँको एम्स अस्पताल पठाइएको हो ।
घटनापछि ओडिशा सरकारले मृतक छात्राको परिवारप्रति समवेदना व्यक्त गरेको छ । सरकारी अधिकारीहरूका अनुसार, विश्वविद्यालयले छात्राका आमाबुवालाई तत्काल घटनाको जानकारी दिएको छ ।
राज्य सरकारले दोषीलाई आवश्यक कारबाही गरिने आश्वासन दिएको छ । प्रहरी आयुक्त र राजस्व विभागीय आयुक्तलगायत वरिष्ठ अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन र आवश्यक कदम चाल्न घटनास्थल पुगेका छन् ।
















