असई शेर्पाद्धारा सगरमाथामा सफल आरोहण

Thankot Times

थानकोट ।

नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथामा आरोहण गरेकी छन्।

उनले सोमबार बिहान ८:५६ बजे सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको नेपाल प्रहरीले जनाएको छ।

‘महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं’ भन्ने नारा लिएर उनी सगरमाथाको आरोहणका लागि गएकी थिइन्।

आइजिपी दीपक थापाले चैत २५ गते उनलाई उक्त ब्यानर हस्तान्तरण गरी शुभकामना दिएका थिए।

सोमबार असई शेर्पाले सगरमाथा आरोहण गरेसँगै आइजिपी थापाले उनलाई बधाई दिएका छन्।

हिजो आइतबार मात्रै सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालले पनि सगरमाथाको आरोहण गरेका थिए। उनले आइतबार बिहान ९:२० बजे सगरमाथाको आरोहण गरेका हुन्।

उनले सशस्त्र प्रहरी र सगरमाथा संवादको ब्यानर फहराएका थिए।

सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालद्धारा सगरमाथाको सफल आरोहण


Leave a Reply

Your email address will not be published. Required fields are marked *