चन्द्रागिरि नगरपालिकामा कागती खेती गर्न कसैले चासो नदिएपछि….

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले कागती खेती कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक, कृषि फर्म, समूह, सहकारी तथा समितिहरूबाट प्रस्ताव आह्वान गरेको छ।

नगरपालिकाको कृषि विकास शाखाले आज एक सूचना प्रकाशित गर्दै प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानमा आधारित यो कार्यक्रम वडा नम्बर १ र १२ मा सञ्चालन हुने जनाएको छ।

सूचना अनुसार, कार्यक्रममा सहभागी हुन चाहनेहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् जेठ १५ गतेभित्र आवश्यक कागजातसहित नगरपालिकाको कृषि विकास शाखामा निवेदन दर्ता गराउनुपर्नेछ। यो सूचना दोस्रो पटक प्रकाशित गरिएको हो।

नगरपालिकाले कार्यक्रममा सहभागी हुनका लागि न्यूनतम मापदण्ड तोकेको छ, जसअनुसार कम्तीमा १ रोपनी क्षेत्रफलमा कागती खेती गर्नुपर्नेछ। निवेदनसँगै कृषि फर्म वा समूह दर्ताको प्रमाणपत्र, जग्गाको स्वामित्व वा भाडा सम्झौता पत्र (१० देखि १५ वर्षको), समूह/सहकारीको विधान र निर्णय प्रतिलिपि, प्यान दर्ता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पत्र र सम्बन्धित वडा कार्यालयको सिफारिस लगायतका कागजातहरू पेश गर्नुपर्नेछ।

कृषि विकास शाखाले रित नपुगेका र म्याद नाघेका प्रस्तावहरू छनोट प्रक्रियामा समावेश नगरिने स्पष्ट पारेको छ। पहिलो पटकको सूचनामा प्रस्ताव दर्ता गराएका आवेदकहरूले भने पुनः दर्ता गराउनु नपर्ने जानकारी दिइएको छ। थप जानकारी र अनुसूचीका लागि इच्छुकहरूले कृषि विकास शाखामा सम्पर्क गर्न सक्नेछन्।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:

१. कार्यक्रम कार्यान्वयनको लागि अनुसूची-२ बमोजिमको प्रस्ताव सहितको निवेदन।

२. सम्बन्धित निकायमा कृषि फर्म/कृषक समूह/कृषि सहकारी/समिति दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि।

३. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तीमा १० देखि १५ वर्षको सम्झौता पत्रको प्रतिलिपि।

४. समूह/सहकारीको हकमा प्रबन्धपत्र वा नियमावली र कार्यसमितिको निर्णयको प्रतिलिपि।

५. प्यान दर्ता प्रमाणपत्र तथा चालु आर्थिक वर्षको कर चुक्ता वा कर छुट भएको प्रमाणपत्रको प्रतिलिपि।

६. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।

७. कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पत्र।

८. सम्बन्धित वडा कार्यालयको सिफारिस। ९. कार्यालयबाट माग भएका आवश्यक अन्य कागजात।

यो कार्यक्रम चन्द्रागिरि नगरपालिका क्षेत्रमा कागती खेतीलाई विस्तार गरी कृषकहरूको आयस्तर वृद्धि गर्न महत्वपूर्ण हुने विश्वास लिइएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *