बग्गी यात्रासहित लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाको स्थापना दिवस भव्य रुपमा मनाइँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाको स्थापना दिवस आज शनिबार विशेष समारोह आयोजना गरि मनाइँदैछ ।

नगरप्रमुख घनश्याम गिरी प्रमुख अतिथि रहने स्थापना दिवस समारोह सुरु हुनुपूर्व सो संस्थाका २०२४-२५ ‘पेसिडेन्ट’ इन्द्र न्याैपाने दम्पतीलाई बग्गी यात्रा गराइ विशेष सम्मानसहित नगरपरिक्रमा गराइने लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाले जनाएको छ ।

लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगा र लियो क्लब अब इन्द्रअन्नपूर्ण योगाको संयुक्त आयोजना हुने सो समारोह नैकापस्थित सान कलेजको सभा हलमा बिहान ८ बजेबाट सुरु हुने लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाका संस्थापक एवं वरिष्ठ दन्त चिकित्सक डा. सुभाष घिमिरेले जानकारी दिए ।

सन् २०२० मा लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाको स्थापना गरिएको थियो ।

हाल ७० जनाले संस्थाको सक्रिय सदस्यता लिएका छन् भने ५० जनाले आजीवन सदस्यता लिइसकेको क्लबको दाबी छ।

शनिबारको समारोहले लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाको वर्ष २०२५-२६ का लागि नयाँ नेतृत्व चयनसमेत गर्ने तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *