कीर्तिपुरमा उपचाररत जलन पीडित पर्साकी खातुनलाई लायन्सका सदस्यहरूद्धारा आर्थिक सहयोग

Thankot Times

थानकोट ।

खाना पकाउने क्रममा यही जेठ ७ गते ग्यास लिक भएपछि आगलागी हुँदा शरिरको ३५ प्रतिशत भाग र विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी पर्साकी १३ वर्षीया आशिया खातुनको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ ।

कीर्तिपुरस्थित जलन अस्पतालमा उपचाररत खातुनको उपचारका क्रममा पटकपटक शल्यक्रिया भइरहँदा आर्थिक अवस्था कमजोर भएका उनका परिवारजनले सहयोगको अपील गरेपछि सहयोग रकम जम्मा हुने क्रम बढेको हो ।

उनको उपचारका लागि अभियन्ता मुस्कान खातुनले अग्रसरता लिइरहेकी छन् ।

यसैबीच चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगाका सदस्यहरूले खातुनको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

सो क्लबका सर्भिस कमिटि चेयरसमेत रहेका समाजसेवी मोहनकुमार कार्की लगायतको टोलीले अस्पतालमै पुगि खातुनका परिवारलाई एकमुष्ठ ४४ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *