लायन्स क्लबद्वारा सिर्जनशील अपाङ्ग पुनःर्स्थापना विद्यालयका लागि सहायता सामाग्री हस्तान्तरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित सिर्जनशिल अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालयका लागि लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाले सहायता सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार विद्यालय पुगेका लायन्सका प्रतिनिधिहरूले एक थान कम्प्युटर र नगद सहायता उपलब्ध गराएको हो ।

सो केन्द्रमा हाल करिब ३० जना बालबालिकाहरू आश्रित रहेको संस्थाले जनाएको छ।

लायन्स क्लब अफ इन्द्रअन्नपूर्ण योगाका सक्रिय सदस्य समेत रहेका बानेश्वरस्थित काभ्या स्कुलका सञ्चालक नवराज बास्कोटाले विद्यालयको अनुरोधमा एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

यस्तै, क्लबका अन्य सदस्यहरूबाट संकलन गरिएको २० हजार रुपैयाँ समेत शुक्रबार हस्तान्तरण गरिएको ओम समाज दन्त अस्पतालका निर्देशक एवं वरिष्ठ दन्त चिकित्सक सुभाष घिमिरेको भनाइ छ । केन्द्रका लागि आवश्यक सामाग्री तथा सहयोगका लायन्स क्लब संस्थागत रुपमा तथा व्यक्तिगत रुपमा समेत सदैव अग्रसर रहने घिमिरेले बतए । 

संस्थामा बाैद्धिक अपाङ्गता र शारिरीक अपाङ्गता भएका विभिन्न उमेर समुहका बालबालिकाहरूले आश्रय लिइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *