हैजा सङ्क्रमितको सङ्ख्या २८ पुग्यो

Thankot Times

थानकोट ।

नेपालमा हैजा सङ्क्रमित सङ्ख्या  २८ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार  गरिएको परीक्षणमा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्टूल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो । असार दुई गते पहिलो पटक हैजा पुष्टि भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *