आईपीएल-२०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुलाई, फाइनलमा पञ्जाब ६ रनले स्तब्ध

Thankot Times

थानकोट ।

रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को उपाधि जितेको छ । बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन बनेको हो ।

मंगलबार अहमदाबादमा सम्पन्न खेलमा बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । जसअनुसार पञ्जाव किंग्सविरुद्ध ६ रनले पराजित भयो ।

पञ्जावका शंशाकं सिंहले सर्वाधिक ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । 

बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए ।

यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो ।

बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । 

बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि बेंगलुरु उपाधिबाट भने वञ्चित हुदैँ आएको थियो ।

पञ्जाब पछिल्लोपटक सन् २०१४ मा फाइनलमा पुगेको थियो ।

तस्वीरः इन्डियन प्रिमियर लिग


Leave a Reply

Your email address will not be published. Required fields are marked *