सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरूसँग आग्रह सांसद श्रेष्ठको आग्रह

Thankot Times

थानकोट ।

नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरूसँग आग्रह गरेका छन्।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गरेको बताए। उनले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भए पनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताए। शिक्षकहरूका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने जिकिर गरे।

अधिकार मागेर नपाइने भन्दै खोसेर लिनुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *