साफ यू-२० च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भुटानसँग खेल्ने

Thankot Times

थानकोट ।

बंगलादेशमा हुने साफ यू–२० च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भुटानसँग खेल्ने भएको छ ।

बिहीबार दक्षिण एसियाली फुटबल महासंघ(साफ)ले सार्वजानिक गरेको तालिकाअनुसार नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने तय भएको हो ।

तालिकाअनुसार आगामी जुलाई ११ मा दुई टोलीबीच खेल हुनेछ । त्यसपछि डबल राउन्ड रोविन लिग पद्धतिअनुसार हुने प्रतियोगितामा नेपालले जुलाई १३ र २१ मा बंगलादेशसँग, जुलाई १५ र १७ मा श्रीलंकासँग र जुलाई १९ मा पुनः भुटानसँग खेल्ने तालिका छ ।

यस संस्करणमा भारत, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाएका छैनन् । प्रतियोगिता आगामी जुलाई ११ देखि २१ सम्म हुने तालिका छ । जसमा बंगलादेश र श्रीलंकाले उद्घाटन खेल खेल्नेछन् ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंग्स एरिना रंगशालामा प्रतियोगिताका सम्पूर्ण खेल हुनेछन् । प्रतियोगितामा सबैभन्दा धेरै अंक बनाउने टोलीले उपाधि उचाल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *