चाैधरी फाउण्डेशनले चन्द्रागिरिका २५ जना युवायुवतीहरूलाई एसी जडान तालिम दिने
थानकोट ।
चाैधरी फाउण्डेशनले चन्द्रागिरि नगरपालिका क्षेत्रका युवायुवतीहरूलाई एसी जडानसम्बन्धी तालिम दिने भएको छ ।
असार १५ गतेबाट १ सातासम्म सञ्चालन हुने सो तालिम कार्यक्रममा चन्द्रागिरि नगरपालिका क्षेत्रका २५ जना युवायुवती सहभागी हुन सक्ने चन्द्रागिरि नगरको सामाजिक शाखाले जनाएको छ ।
तालिम कार्यक्रममा सहभागिताका लागि कक्षा ८ उत्तीर्ण भएको हुनुपर्नेछ । तालिम कार्यक्रममा सहभागी हुन चाहनेले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।














