ललितपुरको बाढीले बगाएर सव-इञ्जिनियरको निधन

Thankot Times

थानकोट ।

दक्षिण ललितपुरको महाकाल गाँउपालिका-६ ठूलादुर्लुङमा बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय गोटीखेलका अनुसार नगरपालिकाका इन्जिनियर महाँकाल गाँउपालिका ४ कालेश्वर घर भएका सविन दाहाल बाढी बगाएर बेपत्ता भएका थिए ।

महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

“खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, अध्यक्ष विनोद चौलागाईंले भने ।

सो घटनाको सम्बन्धमा प्रहरी र महानगरिय प्रहरी बृत्त चापागाउबाट थप प्रहरी परिचालन गरिएको एक प्रहरीले ललितखबरलाई बताएका छन् ।
प्रहरीका अनुसार दक्षिण ललितपुरको गोटीखेलबजारबाट हिडेर जान लामो समय लाग्ने र रातभर बर्षा भएकाले सडक अवरुद्ध भएकाले समयमै घटना स्थलमा गर्न समस्या छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ