कुन्छालमा हिट एण्ड रन, घाइते ७१ वर्षीय पुरुषको सतुङ्गलमा मृत्यु

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा असार १२ गते ठक्कर दिने सवारी साधनको पहिचान खुलेको छ।

उक्त ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको थियो।

ईलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको बागमती प्रदेश ०३- ०१ च १७८७ नम्बरको योद्धा रहेको प्रहरीले जानकारी दिएको छ।

उक्त सवारीसाधनले पैदल यात्रा गरिरहेका थाहा नगरपालिका वडा नम्बर ६ निवासी ७१ वर्षीय सीताराम महर्जनलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका महर्जनलाई प्रारम्भिक उपचारका लागि नजिकैको बज्रबाराही स्वास्थ्य चौकी लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा साँझ ५ बजे सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा पुर्‍याउनेबित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ