शनिबार राति चन्द्रागिरि-२ मसिनेमा पहिरोले कार पुरेपछि…
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर-२ स्थित बाँडभञ्ज्याङ मसिनेमा पहिरोले कार पुरिएको छ ।
शनिबार राति करिब ९ बजे माथिल्लो मसिने र तल्लो मसिनेको दोबाटोमा बा ५ च ११४५ नम्बरको कार पहिरोमा पुरिएको थियो ।
मसिनेबाट थानकोटतर्फ आउँदै गरेको कारलाई प्रहरी प्रभाग नागढुङ्गाका प्रहरीले पहिरो पन्छाएर निकालेका थिए ।
कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सो क्रममा कुनै मानवीय क्षति नभएको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
कार शम्भु महर्जनले हाँकेको प्रहरीको भनाइ छ ।












