यी सहकारीका व्यवस्थापक, कर्मचारी र ऋणीलाई ऋण चुक्ता गर्न प्रकाशित भयो अन्तिम ताकेता
थानकोट ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १९ वटा सहकारीका निलम्बित सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा कर्मचारीहरूलाई आफ्नो ऋृण दायित्व यही असार मसान्तसम्ममा चुक्ता गर्न सूचित गरेको छ।
समितिले आइतबार गोरखापत्रमा सूचना जारी गर्दै अन्तिम पटकको लागि भन्दै यही असार ३२ गतेभित्र आफ्नो दायित्व राफसाफ गर्न भनेको हो।
‘तोकिएको म्यादभित्रसमेत आफ्नो दायित्व राफसाफ नगरेमा समस्याग्रस्त घोषणा भएको दिनदेखि असुलिको दिनसम्मको साँवा, ब्याज, हर्जनासमेत ऋणमा गणना गरि आगामी साउन १ गतेदेखि असुल गरिने छ,’ सूचनामा भनिएको छ।



















