चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत थापामगरलाई पितृशाेक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरलाई पितृशाेक परेको छ।

धनकुटाकाे महालक्ष्मी नगरपालिका-०८ का स्थानीय थापामगरका पिता पदम बहादुर थापामगरकाे ६७ वर्षकाे उमेरमा आइतबार ( असार १५) निधन भएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए।

प्रमुख प्रशासकीय थापामगर काजकिरियाका लागि आइतबार नै धनकुटा गएका छन् ।

उनको अनुपस्थितिमा नगरकाे प्रशासनिक कामकाजका लागि सुजनराज खनाललाई निमित्तकाे जिम्मेवारी दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *