लिफ्टको सिक्री चुँडिदा भएको दुर्घटनामा काठमाडाैंमा दुई जना मजदुरको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौँको दरबारमार्ग स्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका करिब २२ वर्षीय विशाल चौधरी छन् ।

पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर खस्दा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

घटना सोमबार साँझ ५ बजेको हो ।

उनीहरू निर्माणाधीन ९ तले भवनमा काम गर्दै आएका थिए ।

दुवैको शव हाल वीर अस्पतालमा राखिएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ