आज राष्ट्रिय सभाको बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय सभाको बैठक आज (मंगलबार) मध्यान्ह १२ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तालिका रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, ११ मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले नागरिकता विधेयक, २०८२’ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम पनि रहेको छ।

त्यसैगरी, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरी पारित गर्ने कार्यसूची पनि रहेको छ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा पनि बैठकमा जानकारी गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ