चन्द्रागिरि नगरमा असार २२ देखी २८ सम्म ढक तराजु जाँच शिविर सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहयोगमा नगर क्षेत्रमा ढक तराजु दर्ता तथा नविकरण शिविर सञ्चालन गर्ने भएको छ ।
असार २२ गते आइतबार चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट सुरू हुने सो शिविर असार २८ गते शनिबारसम्म जारी रहने नगरको आर्थिक विकास शाखाले जनाएको छ। शिविर नगरका विभिन्न सात स्थानमा सञ्चालन हुनेछ।
नेपाल गुणस्तर तथा नापताैल कार्यालयसँग समेतको सहकार्यमा सो शिविर सञ्चालन हुन लागेको हो ।
ढक तराजु परीक्षणका क्रममा व्यापारी, व्यवसायीहरूले नागरिकता प्रमाणपत्रको छायाँप्रति, उपलब्ध भएमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाँप्रति समेत संलग्न गर्नुपर्नेछ । साथै, ढक तराजु खरिद गरेको ३५ दिन नकटेको अवस्थामा सो को बिल तथा कटेको अवस्थामा ढक तराजु अनिवार्य रूपमा शिविरमा लानुपर्ने बताइएको छ ।
आम उपभोक्ताहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयसमेत रहेको हुँदा ढक तराजुको गुणस्तर जाँचको कार्यक्रम राखिएको चन्द्रागिरि नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिए ।
उहाँले ढक तराजुको दर्ता नविकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा माल सामान खरिदको अधिकार थप सुरक्षित हुने बताए ।
यसपछि ढक तराजु दर्ता एवं नविकरण नगरी प्रयोगमा ल्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।
सूचना हेराैंः













