चोभार गल्छीका चट्टान नफोडिने, फोहर मात्र हटाइने

Thankot Times

थानकोट ।

सहरी विकास मन्त्रालयले चोभार गल्छीका ऐतिहासिक चट्टान नफोडिने स्पष्ट पारेको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै गल्छी वरपरको फोहोर हटाउने र डुबान न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउने जनाएको हो।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले चोभार गल्छी उपत्यकाको प्रमुख जलनिकास बिन्दु भएकाले त्यस क्षेत्रको प्राकृतिक स्वरूप जोगाउँदै काम अघि बढाइने जानकारी दिए। विपद् जोखिम न्यूनीकरण प्राधिकरणको हालैको बैठकपछि चोभार गल्छीबारे उठेको भ्रममा मन्त्रालयले आपत्ति जनाउँदै वास्तविकता स्पष्ट पारेको हो।

“गल्छी वरपरको क्षेत्रमा विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी रोकथाम गर्ने र दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययनसहित कार्ययोजना तयार गर्ने हाम्रो मुख्य उद्देश्य हो,” उनले भने, “मन्त्रालयले चोभार गल्छी चौडा पार्ने वा प्राकृतिक रूपमा रहेका ऐतिहासिक चट्टानहरू हटाउने कुनै योजना नरहेको स्पष्ट पार्दै यस्ता कार्यको भ्रम फैलाउनु अनुचित हो ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ