नागढुङ्गा नाकाबाट समातिए २७ वर्षीय युवा

Thankot Times

थानकोट ।

राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका नागढुङ्गाबाट २७ वर्षीय युवा समातिएका छन् ।

पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका बस्ने जीवन साह छन् ।

उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमडाैंका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।

राजविराजबाट काठमाडाैंतर्फ आउँदै गरेको बा प्र.०३-००१ ख ३०९८ नम्बरको यात्रुबसमामा चेकजाँच गर्ने क्रममा सो बसमा सवारमा साहको साथमा लागु औषध खैरो हेरोइन जस्तो पदार्थ १० ग्राम फेला परेपछि सो सहित उनलाई प्रहरी प्रभाग नागढुङ्गाको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीमाथि काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धन भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *