नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन बोलपत्रको तयारी
थानकोट ।
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजनाले सुरुङमार्ग सञ्चालनका लागि निर्देशिका तयार भइरहेको जनाएको छ ।
मुलुकको यातायात पूर्वाधार क्षेत्रमा आधुनिक सवारीसाधन गुड्ने सुरुङमार्ग सञ्चालन नयाँ प्रयोग भएको हुनाले यसका लागि निर्देशिकै तयार गर्नु परेको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाका प्रमुख सञ्जय पन्थीले ‘सेवाप्रदायकमार्फत सार्वजनिक पूर्वाधार सञ्चालन, व्यवस्थापन तथा मर्मत सेवा खरिद गर्नेसम्बन्धी निर्देशिका’ तयार गरिरहेको जानकारी दिए ।
सुरुङमार्ग सञ्चालन गर्न सेवाप्रदायक संस्था छनोट प्रक्रिया सुरु गर्न आवश्यक कागजपत्र तयार गरी राय सुझाव तथा स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरिएको पन्थीले जानकारी दिए ।












