चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँका दुई टोल वातावरणमैत्री टोल घोषणा
थानकोट।
चन्द्रागिरि नगरपालिका वडा नं . ९ अन्तर्गत सत्यनारायण टोल तथा भष्मेश्वर टोल वातावरणमैत्री टोल घोषणा भएका छन् ।
आइतबार नगरप्रमुख घनश्याम गिरी र उप प्रमुख बसन्ती श्रेष्ठले एक कार्यक्रमका बीच ती टोललाई वातावरणमैत्री टोल घोषणा गरेका हुन् ।
वातावरण मैत्री वडा तथा टोल घोषणा गर्नका लागि चन्द्रागिरि नगरपालिकाको वातावरणमैत्री स्थानीय शासनसम्बन्धी कार्यविधि निर्माण गरी कार्यान्वयनको चरणमा रहेको छ ।
फोहोर व्यवस्थापन, वृक्षरोपण, प्लाष्टिकको प्रयोगमा न्यूनीकरण, वातावरण शिक्षा संचालन, पानीका मुहान संरक्षण, पानीको परीक्षण, घर करेसाबारी र सार्वजनिक स्थलमा फलफुलका बिरुवा रोपण तथा बोटबिरुवा लगाउने, प्रकोप न्यूनीकरण तथा पूर्व तयारी समिति गठन, वैकल्पिक उर्जा व्यवस्थापन लगायतकाआधारभूत र परिस्कृत सूचक पुरा गरेका वडा तथा टोल वातावरण मैत्री टोल घोषणा गर्ने मापदण्ड हुन् । 













