त्रिभुवन राजपथको ११ मिटर मापदण्डको पत्र लिएर चाक्सीबारी पुगे चन्द्रागिरिका जनप्रतिनिधि

Thankot Times

थानकोट ।

नगरपालिकाकाे निर्णय अनुसार त्रिभुवन राजपथ अन्तर्गत कलंकी-पिपलामाेड सडककाे मापदण्ड कायम गर्न माग गर्दै चन्द्रागिरि नगरका जनप्रतिनिधि, प्रदेश तथा संघीय सांसद र नेपाली काँग्रेसका नेता कार्यकर्ताले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन् ।

बुधबार बिहान सांसद राजेन्द्रकुमार केसी, पुकार महर्जन, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका वडाध्यक्षहरु कृष्णप्रसाद खड्गी (प्रवक्ता), नरेन्द्रराज श्रेष्ठ, श्रीकृष्ण खत्री, घनश्याम लुँइटेल, नेपाली काँग्रेसका नेता धर्मनन्द श्रेष्ठ लगायत उपप्रधानमन्त्री सिंहलाई माग पत्र बुझाउन उनको निवासमै पुगेका हुन् ।

कलंकीदेखि सिस्ने खोलासम्मको सडक ११-११ मिटरको कायम गर्ने चन्द्रागिरि नगरको निर्णय

चन्द्रागिरि नगर कार्यपालिकाकाे २०८२ बैशाख २५ गतेकाे बैठकले नगर क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्गकाे चाैडाइ ११-११ मिटरको बनाउने निर्णय गरेपछि साे कार्यान्वयन गराउन चन्द्रागिरि नगरका जनप्रतिनिधिले अग्रसरता लिइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *