नेपाली कांग्रेसद्वारा डेढ दर्जन नेता तथा कार्यकर्तामाथि कारबाही (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।

२०७९ सालको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध कार्य गरेको, सामाजिक सञ्जाल र अन्य माध्यमबाट असहयोग गरेको प्रमाणको आधारमा केन्द्रीय अनुशासन समितिले पाँच जनालाई निष्कासन र अन्यलाई निलम्बन गरेको हो।

तेह्रथुमका तुलसी सुब्बा, कास्कीका कुमार खड्का, लुम्बिनीका विक्रम खनाल, खोटाङका विष्णुकुमार राई र पर्साका अरविन्द गुप्तालाई पार्टीबाट निष्काशन गरिएको छ।

अन्य नेता तथा कार्यकर्तालाई ३ देखि ६ महिनासम्म निलम्बन गरिएको छ।

कारबाही कांग्रेस विधानको धारा ३४ अनुसार गरिएको बताइएको छ ।

विज्ञप्ति हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *