यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेका खेलाडीलाई जनही ५० हजार पुरस्कार

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा भएको एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कार सम्मान गर्ने भएको छ ।

क्यानले टोलीका खेलाडी र अफिसियलहरुलाई जनही ५० हजारसहित सम्मान गर्ने प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

जुन २० देखि जुलाई ५ सम्म मलेसियामा भएको प्रतियोगिताको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।

नेपालले लगातार दोश्रो पटक सो उपाधि जितेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *